Admission | Vacancies | Scholarship | Download | Contact Us
"Education for All Round Development"
Ramghat, Pokhara-12
About Our History
नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्र्गत गण्डकी अञ्चल, कास्की जिल्लाको सुन्दर नगरी पोखरा उपमहानगर पालिका वडा नं. १० र १२ मा अन्दाजी २०७ रोपनी क्षेत्रपल जग्गामा अवस्थित यस श्री अमरसिंह नमूना उच्च माध्यमिक विद्यालयले राष्ट्र्र्मा आफ्नै किसिमको विशिष्ट इतिहास र गौरव राख्दछ । अंग्रेज शासित भारतीय राष्ट्र्यि अस्तित्वलाई जोगाइ राख्न यानको वाजी थापेर प्रथम र दोस्रो विश्व युद्घमा होमिएका नेपाली वीर योद्धाहरुको महान् योगदानले आर्जेको यस विद्यालयको इतिहास केलाउ‘दा वीर गोर्खाली सैनिकहरुले उक्त प्रथम र दोस्रो विश्व युद्धमा वीरगति प्राप्त गरेका तथा हराई बेपत्ता भएका शूरवीरहरुको नाममा प्राप्त हुनुपर्ने रहलपहबाट उनीहरुका परिवार एवं सन्ततीहरुको कल्याणको लागि तत्कालीन वृटिश भारत सरकारले भारत स्वतन्त्र भएपछि करीव ५४ लाख भारतीय रुपियॉ बराबरको “युद्ध पश्चात पुनः निर्माणकोष” (Post War Reconstruction Fund) को स्थापना गरी केन्द्रीय समन्वय बोर्ड (सि. सि. बी) नामको संस्थाद्धारा १० लाख भारतीय रुपैयॉ भारतमा नै बसोबास गर्ने गोर्खाली सैनिकका पसरवारहरुका लागि रु बॉकी ४४ लाख भारतीय रुपैयॉ मध्ये स्व. मेजर वीरसिंह गुरुङ्गको जिम्मामा पश्चिम नेपालका भारतीय गोर्खा सैनिक परिवार तथा सर्वसाधारणको शैक्षिक तथा स्वास्थ्य विकास गर्ने हेतु मुखिया स्व. देवराज घिमिरे तथा परीवारद्धारा निशुल्क उपलब्ध गराइएको अन्दाजी २०७ रोपनी क्षेत्रफल जग्गामा सन् २६ मार्च १९५७ (वि. सं. २०१३ साल चैत्र १३) मा भूतपूर्व भारतीय गोर्खा सैनिक भोकेशनल ट्रेनिङ्ग हाईस्कूल को स्थापना भई सोही समयमा तत्कालीन भारतीय राष्ट्र्पती सर्वपल्ली डा. राधाकृष्ननबाट समेत निरीक्षण भ्रमण भएको यस विद्यालयको मूल भवनको शिलान्यास स। रवजा महेन्द्रबाट वि. सं. २०१५ साल पौष २८ गते भएको थियो । समयको अन्तरालमा सि.सि.बि.ले वि.सं. २०२३ साल आश्वीन १४ गते भूतपूर्व भारतीय गोर्खासैनिक भोकेशनल भोकेशनल ट्रेनिङ्ग हाईस्कूल (सोल्जर्स बोर्ड हाइस्कूल) लाई नेपाल सरकारको मातहतमा रहने गरी हस्तान्तरण गरियो र त्यसको लगतै २०२४ साल चैत्र ६ गतेका दिन उक्त भूतपूर्व भारतीय गोर्खा सैनिक भोकेशनल ट्रेनिङ्ग हाईस्कूल (सोल्जर्स बोर्ड हाइस्कूल) को नाम परिवर्तन गरीे नेपालका राष्ट्र्यि विभूति काजी अमरसिंह थापाको नामबाट विद्यालयको नामाकरण गरियो । काजी अमरसिंह थापाले नेपाल सरकारको तर्फबाट अंग्रेजहरुका विरुद्ध सम्पूर्ण पश्चिम नेपालको रक्षार्थ खटिई विशेषतः कुमाऊ‘, गढवालको जिम्मा लिई मलाउ‘को किल्लामा आफ्नो वीरता देखाएका थिए । नेपाल र अंग्रेज वीच युद्धमा हारेपछि अंग्रेज जनरल अक्टरलोनी स‘गको अपमान जनक सन्धी गर्नु परेको पीडा सहन नसकी स्वाभीमानी वीर योद्धा काजी अमरसिंह थापाले सेन्य जीवनबाट सन्यास लिई तीर्थ गर्न गोसाईकुण्ड तर्फ लाग्दा बाटैमा आत्महत्या गरी देहत्यग गरेको थिए । यसरी एक गौरवमय इतिहास बोकेको श्री अमरसिंह नमूना उच्च माध्यमिक विद्यालयले राष्ट्र्विकासको लागि आवश्यक मानवीय जनशक्ति उत्पादनमा अग्रणी भूमिका निभाउ‘दै आएको छ । हाल करीब २५०० विद्यार्थीहरुले यस विद्यालयमा उच्च माध्यमिक तहसम्मको कक्षाहरुमा अध्ययन गर्ने अवसर पाइरहेको छन् भने विद्यालय अन्र्तगत रहेर यस क्षेत्रका करीब १४० जना शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन् । यसमा नेपाली माध्यमा (२०१३देखि) दृष्टिविहीन तर्फ एकीकृत शिक्षा (२०३९देखि) अंग्रेजीमाध्यम (२०४२देखि) १०+२ तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा (२०५६देखि) र खुल्ला विद्यालय (२०६४देखि) गरी पॉच शाखाहरु संचालित छन् ।